शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

शंकास्पद गाडी : सञ्चारगृहमा त्रास सिर्जना गर्ने गतिविधिको रास्वपाद्वारा भर्त्सना

संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
शंकास्पद गाडी : सञ्चारगृहमा त्रास सिर्जना गर्ने गतिविधिको रास्वपाद्वारा भर्त्सना
काठमाडौं, असार २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरिएको छ।

रास्वपाले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुग्ने तथा सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास भएको भन्दै भर्त्सना गरेको छ। स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै पार्टीले प्रेस स्वतन्त्रताको पक्षमा सदैव दृढ रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नभएको रास्वपाले जनाएको छ।

सोमबार कांग्रेसका सभापति गगनकुमार थापाको निवास र विभिन्न सञ्चारमाध्यमका कार्यालय गेटअगाडि अन्य सवारीसाधन आवतजावत गर्न नपाउने गरी शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। ती गाडीलाई प्रहरीले क्रेनको सहायताले हटाएको छ । गाडी कसले किन राख्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार