शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

· आइतबार, २८ असोज, २०८१ मा प्रकाशित
विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान
काठमाण्डौँ , असोज २८ :

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ । 

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको उहाँका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिनुभयो । 

मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ । बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ । 

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उहाँले जानकारी दिनुभयो । 

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार