शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर

उनले पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरिएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर
काठमाडौं, असार २५ :

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन । 

बिहीबार दिउँसो राहदानी विभागको गेट नं. ३ अगाडि मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्।  आफ्नै शरीरमा आगो लगाएका ती युवकको अवस्था गम्भीर रहेको छ।

हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै उद्धारगरी उपचारका लागि अस्पताल लगिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

राहदानी विभागको गेट अगाडि  मोटरसाइकल राखेर गएका उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’लगाएको थियो। त्यसपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल झिकेर आगो लगाएको बुझिएको छ।  शरीरका विभिन्न भागमा आगोले जलेको उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सडक र सवारी व्यवस्थापनका नाममा ट्राफिक प्रहरी र नगर प्रहरीले बाटोमा पार्किङ गरेको देख्ने बित्तिकै ह्विल लक गर्ने गरेको छ । ह्विल लक खोल्नका लागि  तोकिएको जरिवाना तिर्नुपर्छ । कतिपय अवस्थामा जरिवाना तिर्ने पैसा पनि साथमा हुँदैन । मनपरी जरिवाना शुल्क तोकिएकको भन्दै त्यसको चर्को विरोध हुँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार