शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति शिक्षा भिडियो

शिक्षामा दलीयकरण सबैभन्दा ठूलो समस्या : गगन थापा

'आफ्नो मान्छे' भर्ती गर्ने प्रवृत्तिले शिक्षा कमजोर बनायो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
शिक्षामा दलीयकरण सबैभन्दा ठूलो समस्या : गगन थापा
काठमाडौं, असार १९ :

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालको शिक्षा क्षेत्रमा अहिलेको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्।

शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक विषय भएको उल्लेख गर्दै विद्यालयदेखि शिक्षा प्रशासनसम्म दलीयकरणको प्रभाव बढ्दै गएको बताए।

उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक नियुक्तिमा योग्यता र क्षमता भन्दा पनि ‘आफ्नो मान्छे’ राख्नुपर्ने सोच गाउँ–गाउँसम्म फैलिएको भन्दै यसले शिक्षा प्रणालीलाई कमजोर बनाएको धारणा राखे।

थापाले शिक्षा क्षेत्रमा योग्य र सक्षम व्यक्तिलाई अवसर दिने संस्कार विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै आफ्ना कार्यकर्ता भर्ती गर्ने प्रवृत्तिबाट बाहिर निस्कन सबै पक्ष तयार हुनुपर्ने बताए।

उनले शिक्षकहरूले विद्यालयमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुका साथै समुन्नत नेपाल निर्माणमा अझ सक्रिय र प्रभावकारी योगदान दिनुपर्नेमा पनि जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार