शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मौसमः तापक्रम घट्दै, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

· शनिबार, २७ असोज, २०८१ मा प्रकाशित
मौसमः तापक्रम घट्दै, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाण्डौँ , असोज २७ :

मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले आज तीन प्रदेशका पहाडी भू- भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको बताउनुभयो। वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन ।

“आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।”

मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका बिथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । दिउँसो कोशी प्रदेशको पहाडी भू- भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू- भाग र बागमती प्रदेशको पूर्वी भू- भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू- भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

न्यूनतम तापक्रम क्रमशः घट्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  आज काठमाडौँको अधिकतम तापक्रम २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार