शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

सङ्घीयताका आधारभूत पिल्लरहरु भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ : रञ्जित कर्ण

सरकार सुशासनको सवालमा पूर्णरूपमा असफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
सङ्घीयताका आधारभूत पिल्लरहरु भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ : रञ्जित कर्ण
काठमाडौं, असार १५ :

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्ने बताएका छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा कर्णले अधिकार स्पष्ट नगरेका कारण संघीय संरचनाले राम्रो काम गर्न नसकेको भन्दै यसलाई देखाएर सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्ने बताएका हुन् ।

लोकप्रियतावादको नाममा राजनीति गर्नेहरुले प्रदेश खर्चिलो भयो भन्दै प्रचार गरेको भन्दै उनले प्रदेश सरकारमा कमजोरी भए सुधार गर्न सकिने बताए । अहिले वास्तविक समस्या सङ्घीयतामा नभइ सङ्घीयताको अपूर्णता कारण समस्या भएको उनको भनाइ छ । उनले संघ र प्रदेशलाई दोष देखाउने काम राजनीतिक कपट मात्रै भएको तर्क गरे ।

कर्णले वर्तमान सरकारकै घटकले अहिले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा उठाएर सङ्घीयताको मूलभूत आधारलाई नै परिवर्तन गर्ने खतरनाक खेल खेलिरहेको आरोप लगाए ।

उनले कुनै पनि नाममा जनतालाई आफ्नो अधिकार रक्षाको लागि फेरि सडकमा उत्रनुपर्ने अवस्था आउन दिन नहुने धारणा राखे । त्यस्तै कर्णले सरकार सुशासनको सवालमा पूर्णरूपमा असफल भएको समेत बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार