शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कुप्रचार गरियो : झलनाथ खनाल

वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रुपमा नबुझ्न आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कुप्रचार गरियो : झलनाथ खनाल
काठमाडौं, असार १५ :

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कुप्रचार भएको बताएका छन् ।सोमबार काठमाडौमा आफूले लेखेको वैज्ञानिक समाजवाद की बहुदलीय जनवाद पुस्तक बिमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफूविरुद्ध कुप्रचार गरेको बताएका छन् । 

उनले कुप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिए । आफू एउटा गुट पनि नबनाएको मान्छे भएको भन्दै खनालले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनको रुपमा नबुझ्न आग्रह समेत गरे । वैज्ञानिक समाजवादको विचार समूह निर्माण पार्टी बिभाजनका लागि नभइ नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ । 

खनालले अहिले कम्युनिस्ट आन्दोलनमा खडेरी लागेकाले विचार, नीति, सिद्धान्तमा बहस गरेर पुन बलियो आन्दोलनको रुपमा ल्याएरै छाड्ने उद्घोष गरे । उनले दुई कार्यकाल उमेर हद बिना कुनै पनि कम्युनिस्ट पार्टी चल्नै नसक्ने तर्क गरे । कम्युनिस्ट पार्टीलाई एकीकृत र  विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनले बताए ।

त्यस्तै नेकपा नेता भीम रावलले नेपालको राष्ट्रहितमा आघात पर्दा जनताको आवाजलाई संसदमा, सडकमा, कार्यक्रममा अभिव्यक्त गर्ने समाजवाद आवश्यक रहेको बताए । उनले पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउन नसक्ने धारणा राखे । रावलले विश्व साम्राज्य प्रभुत्व अन्तर्राष्ट्रिय वित्तीय शोषणबाट नेपाललाई बाहिर ल्याउने खालको समाजवाद आवश्यक रहेको उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार