काठमाडौं, असार ९ :

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता वालेन्द्र शाह पार्टीको बन्दसत्रमा पुगेका छन् । बन्दसत्रमा केही प्रतिवेदन प्रस्तुत भएपछि उनी पुगेका हुन् । 

उद्घाटनसत्रमा अनुपस्थि भए पनि शाह केही ढिलो गरी आफै गाडी चलाएर महाधिवेशन स्थल पुगेका थिए । महाधिवेशनको उद्घाटन सत्रपछि प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङ भने घुमफिरमै व्यस्त छन् ।

 आइतबारदेखि सुरु भएको महाधिवेशन भोलि सक्ने रास्वपाको तयारी छ ।