काठमाडौं, असार ९ :

सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले आज स्थलमार्गबाट काठमाडौँ ल्याइँदैछ ।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएको हो ।

पौडेललाई  जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

बाटोमा विश्राम र अन्य कारणले काठमाडौँ आइपुग्न समय लागेको हो । काठमाडौँ ल्याउनासाथ अनुसन्धानका लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र हिरासतमा राखिने भएको छ ।

उनलाई नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी थियो ।

तर सुर्खेतबाट नेपालगन्ज नपुग्दै काठमाडौँबाट स्थलमार्ग हुँदै ल्याउन निर्देशन आएको प्रहरीले जनाएको छ ।