
गगन थापाले रास्वपा महाधिवेशनमा गरेको भाषण जस्ताको तस्तै:
राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशनको मेरो तर्फबाट र हाम्रो पार्टी नेपाली काँग्रेसको तर्फबाट सम्पुर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । पार्टी गठन भएको करीब ४ बर्षमै तपाईहरुले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ यो लोभलाग्दो छ । म यस्को मुक्त कण्ठले प्रशंसा गर्दछु । संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदर्णिय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापुर्वक नेतृत्व गर्नुभएको छ तपाईहरुले साथ दिनुभएको छ तपाईहरु सबै बधाईको पात्र हुनुहुन्छ तपाईहरु सबैलाई धेरै धेरै हार्दिक बधाई ज्ञापन गर्छु । यो अधिवेशनबाट नेतृत्व कसरी चयन गर्ने भन्ने बारेमा तपाईहरुले निधो गरिसक्नुभयो भन्ने हामिले छापाहरुमा पढयौं ।
रविजीले फेरी सभापतिको रुपमा जिम्मेवारी लिने र बालेन जी वरिष्ठ नेताको रुपमा रहने भन्ने हामीले छापाहरुमा पढ्यौं । तपाईहरु दुबैजनालाई यसका निम्ति शुभकामना छ । तपाईहरुले मिलेर सबै कुरा टुंग्याउदै हुनुहन्छ तपाईहरुले हामीलाई अफ्ट्यारो पनि पार्ने हुनुभो । democracy, rule of law, inclusion, social justice, यो केवल संविधानमा सजाउनका निम्ति राखिएका बिषयहरु मात्रै रहेनन् नेपाली सोसाईटीको डीनएमा यी सबै कुराहरु राम्रोसंग बोलिएका छन् । म विश्वास गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनले समाजका यी आधारभुत मुल्यहरुमा आफ्नो दृष्टिकोणलाई स्पष्ट बनाउछ मात्रै होईन मन वचन र कर्मले यी मुल्यहरुलाई लिएर अगाडि बढ्ने कुराको प्रण पनि गर्छ भन्ने विश्वास पनि व्यक्त गर्छु । र मेरो शुभकामना पनि गर्छु ।नेपालको राजनितीमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ । यसमा दुई मत छैन। इतिहासमा तीन चार पटक, एक पटक यस्तै खालको जनमत बाँकी रहेको समयमा यस्तै यस्तै खालको जनमत करीब तीन चार पटक नेपालका राजनितीक दलहरुले प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो । किन पर्यो ? एउटा जुन राजनितीक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनितिक दलको नेताहरुको अहंकारको बीचमा टकराव भयो । व्यक्तिहरुको बीचमा टकराव भयो । जसको कारणले दुर्घटना भयो ।अर्को जनमत प्राप्त गरिसकेपछि जनमतलाई यसरी बुझियो कि यो जनमतले मलाई शक्ति दियो त्यो शक्तिको सीमा हुन्छ भन्ने बुझिएन ।त्यसले सत्ताको उन्मादमा हामिलाई चढायो । जसले गर्दा हामी अप्रजातन्त्रिक व्यवहार गर्न थाल्यौं जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो । म कामना गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुवै अवस्थाको सामना गर्नु नपरोस्र म शुभेक्छा पनि व्यक्त गर्छु । तपाईलाई लाग्न सक्छ काँग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना किन दिदैछ? यसको दुईटा कारण छन् । पहिलो कारण इतिहासले हामीलाई यो पनि बताएको छ जुन जुन बेला जनमत प्राप्त गरेका पार्टीहरु दुर्घटनामा परे आफुलाई सम्हाल्न सकेनन् त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो तर त्यो पार्टी मात्रै भएन संगै रहेका अरु पार्टी पनि त्यसको शिकार बने । प्रणाली बन्यो democracy बन्यो सबैभन्दा बढी नेपाली नागरिकहरु बने हाम्रो अधिकार कुण्ठित भयो। हाम्रो बर्षौं खेर गयो ।हाम्रो जेनेरेशन टु जेनेरेशन खेर गयो यो असफलता अब नेपालले व्यहोर्नु हुदैन । त्यसकारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढंगले अगाडि बढोस् भन्ने नेपाली काँग्रेस पार्टीको तर्फबाट म मनैबाट शुभकामना व्यक्त गर्दछु । दोस्रो कारण नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो दुश्मन होईन हामी प्रतिस्पर्धा गर्ने हो हामी अग्लो हुन चाहन्छौं तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ ।तर हामी तपाईहरु भन्दा अग्लो हुन चाहन्छौं बन्छौं पनि एकदिन । तर तपाईहरुलाई सानो बनाएर होईन तपाईहरुको खुटटा काटेर होईन मन वचन र कर्मले ईमान्दारीपुर्वक काम गरेर अग्लो हुन चाहन्छौं । हामी सफा हुन चाहन्छौं । तर तपाईहरुलाई फोहोर देखाएर होईन् । हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं । हामी तपाईहरुको दुश्मन होईनौं । हामी संसदमा प्रतिपक्ष छौं तपाईहरु सत्तपक्ष हुनुहन्छ जहाँ प्रश्न उठाउनुपर्ने हो औंला ठड्याउनुपर्ने हो त्यहाँ ओला ठड्याउछौं । जहा थपडी बजाउनुपर्ने हो त्यहा थपडी बजाउछौं ।
हामीले हाम्रा दलका नेताहरुलाई भगवान बनाएर गल्ती गरिसक्यौं बा बनाएर गल्ति गरिसक्यौं । तपाईले नगर्नुहोला । गल्ति गरेको बेलामा आफ्ना नेतालाई प्रश्न गर्नुहोला ।
निती तथा कार्यक्रम पारित गर्ने बेलामा सम्माननीय प्रधानमन्त्री आउनुभएन मज्जाले औंला ठड्यायौं । तर याद गर्नुभयो त्यही दिन राष्ट्रिय सभामा एक जना पनि रास्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुहन्नथ्यो राष्ट्रियसभामा अलमल थियो यो त्यही नेपाली काँग्रेस हो जस्ले भन्यो भर्खर आएको सरकारको निति कार्यक्रम विना व्यवधान पारित हुनुपर्छ प्रतिनिधि सभामा औंला उठायौं राष्ट्रियसभामा थपडि बजाएर त्यही निती तथा कार्यक्रम पारित गर्यौं । हामि प्रतिपक्ष हौं । जहा औंला उठाउनुपर्ने हो औंला उठाउछौं सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाध्नुपर्छ खुट्टा भाच्नुपर्छ भन्यो भने औंला उठाउछौं तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काँग्रेसको जतिसुकै ठूलो नेता होस नेताको बा होस् सरकारको पक्षमा उभिन्छौं दह्रोसंग थपडी बजाउछौं । देशको सिमाना मिचियो भनेर देशले सिमाना मिच्यो भन्दै गर्दा औंला उठायौं तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन र मिच्न पनि दिन्न हामी कसैको मिच्दा पनि मिच्दैनौं भनेर बोलेको दिन जोडदार संगले रास्वपा भन्दा पनि ठूलो स्वरले हामी थपडी बजाउछौं हामी प्रतिपक्ष हौं हामी प्रतिद्धन्द्धी होईनौं ।
तपाईहरुले विगतलाई ईन्कार गर्दै गर्दा जब यो निलो झण्डामुनि चितवनमा बसेर विगत खराब भन्नुहुन्छ कृपया एकैपटक ३५ बर्षमा केही पनि भएन भनेर नभन्दिनुहोला । कृपया पन्चायतका ३० बर्षका संघर्षका कथाहरुलाई अण्डरमाईन पनि नगर्दिनुहोला । तपाई जुन ठाउँमा उभिनुभएको छ नि त्यहीमुनि करीब ५० जना मानिसहरुको लाश गाडिएको छ २०१८ सालमा । पन्चायतको सरकारले काटेर गाडेको छ त्यही मुनि । तपाई बसिरहनुभएको त्यही मुनि गाडिएको छ ।भोली तपाईले कार्यक्रम गर्ने ठाउँमापनि थुप्रै साथीहरु गाडिएका छन् । ती सबैले काँग्रेसको चारतारे झण्डा उठाएका थिए । जयनेपाल भनेका थिए आफ्ना लागि होईन आफ्ना परिवारका लागि होईन । टाउको काटियो रेटियो तर तिनले बोलेको त्यो कुरा तपाईको लागि थियो मेरो लागि थियो । डेमोक्रेशीको लागि थियो । आज निलो झण्डा तपाईले फहराउन पाउनुभएको छ एकपटक झण्डा फहराउदै गर्दा भुईमा हेर्नुहोला चितवनको भुईमा हेर्नुहोला त्यहा अलि अलि रातो छ त्यो रातो ती थुप्रै शहिदहरुको रगतले लगाएको रातो हो ।
सम्माननीय प्रधानमन्त्रीज्यू आदर्णीय पार्टी सभापतिज्यु आदर्णिय साथीहरु अब छोटकरीमा दुईटा कुरा भनेर बिदा हुन्छु । मैले बाल काँग्रेसबाट आफ्नो राजनितीक यात्रा सुरु गरेको हुँ । आज म नेपाली काँग्रेस पार्टीकवसभापति छु । पार्टी कार्यालयमा जादै गर्दा कहिलेकाही एक्लै सम्झन्छु । जननायक विपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हाल्ने अवसर म जस्तो सामान्य नागरिकका लागि ठुलो कुरा हो । म गौरव गर्छु । पुराना कुराहरु सम्झेर रोमान्चित पनि हुन्छु । तर गएको १० /१२ बर्षमा मेरो पार्टी समेत संलग्न भएर गरेका कतिपय कामहरुका सन्दर्भमा मेरो शिर निहुर्याउछु पनि । म ग्लानीको बोध पनि गर्छु । र म आत्मआलोचित पनि हुन्छु । गएको १० /१२ बर्ष हामिले एउटा कुरा हेर्यौं । निर्वाचन जित्नैपर्ने ।त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने सरकारमा पुगेर शक्ति चाहिने र शक्ति के को लागि चाहिने भन्दा घरको लागि चाहिने परिवारका लागि चाहिने आफ्ना लागि चाहिने । यो गल्ति गरेकै हो । गल्ति भएकै हो । र यसका निम्ति गठबन्धनको राजनितीमा लाग्यौं । यसका निम्ति भागबन्डाको राजनितीमा लाग्यौं । सफा गर्ने कोशिश गर्यौं हामीले सकेनौं । भाद्र २३ र २४ गते ठुलो झड्का लाग्यो । थुप्रै युवाहरुले शहादत प्राप्त गरे । हामीले पनि महसुस गर्यौं । अब अबेर गरेर हुदैन । सानो सानो धक्का दिएर हुदैन । आफ्नै पार्टिभित्र लड्यौं विद्रोह गर्यौं बाहिर सफा गर्नु भन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौं । सभापतिजी र साथीहरु बाहिर लड्न सजिलो हुने रहेछ आफ्नै घरभित्र लड्न गाह्रो हुदोरहेछ । किनकि त्यहाँ नाता पर्छ त्यहा सम्बन्ध हुन्छ त्यहा माया हुन्छ त्यहा सम्मान हुन्छ तर हामि लड्यौं ।म यो अनुभवको आधारबाट रास्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरुलाई भन्न चाहन्छु भर्खर यात्रा सुरु भएको छ । शुसासन तपाईहरुको मन्त्र छ ।तपाईहरुले यसमा सफलता प्राप्त गर्नुपर्छ । यसका निम्ति तपाईहरुले आफ्ना दलभित्र पनि प्रश्न गर्न छाड्नुहुदैन । हामीले हाम्रा दलका नेताहरुलाई भगवान बनाएर गल्ती गरिसक्यौं बा बनाएर गल्ति गरिसक्यौं । तपाईले नगर्नुहोला । गल्ति गरेको बेलामा आफ्ना नेतालाई प्रश्न गर्नुहोला । हामिले ढिलो गर्यौं । त्यसैले सजाय पनि पायौं । हाम्रो पार्टी दास र लासको पार्टी होईन भन्ने कुरा केही अगाडि भन्न सक्नपर्थ्यो सकेनौं । हामिले ढिलो गर्यौं । त्यसबाट पनि सिक्नुहोला । प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुलाई भन्न चाहन्छु । आप्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला साहस गर्नुहोला । गल्ती हुदै गर्दा अरु पार्टीका साथीहरुलाई भन्नैपर्छ तर आफ्नोभित्र भन्ने साहस पनि राख्नुपर्छ भन्ने ठान्दछु । अन्यमा आज म चितवन आउदै गर्दा मैले जताततै निलो भएको देखे । शहरभरी निलो छ । गज्जब छ । यो चितवनले डिजर्ब गर्छ । यो चितवनको हक हो । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हक हो यो । तपाईहरु ४ हजार चानचुन प्रतिनिध बसेर यो निलो झण्डामुनि बसेर नेपालको भविष्यको बारेमा छलफल गर्नुहुन्छ । तपाईहरु त्यही गर्न जुट्नुभएको हो । तपाईहरुलाई फेरी पनि शुभकामना छ । तपाईहरु विगतमा धेरै फर्कनुपर्दैन हामीसंग लामो विगत छ । विगतका केही प्रेरणाहरु पनि हामीसंग छ । केही सबल पक्षहरु पनि छन् । विगतका केही ब्यागेजहरु पनि छन् । हामि त्यसबाट भागेर हुदैन । त्यसबाट सिक्दै सच्याउदै जानुपर्छ । तपाईहरुलाई अगाडि बढ्न सजिलो छ । मेरो तपाईहरुलाई शुभकामना छ । मैले तपाईहरुबाट धेरै कुरा सिक्ने हो म सिक्छु मेरो पार्टीले पनि सिक्छ । हामी सिक्न चाहन्छौ । तर एउटा कुरा तपाईहरुलाई अनुरोध गर्छु तपाईहरुले विगतलाई ईन्कार गर्दै गर्दा जब यो निलो झण्डामुनि चितवनमा बसेर विगत खराब भन्नुहुन्छ कृपया एकैपटक ३५ बर्षमा केही पनि भएन भनेर नभन्दिनुहोला । कृपया पन्चायतका ३० बर्षका संघर्षका कथाहरुलाई अण्डरमाईन पनि नगर्दिनुहोला । तपाई जुन ठाउँमा उभिनुभएको छ नि त्यहीमुनि करीब ५० जना मानिसहरुको लाश गाडिएको छ २०१८ सालमा । पन्चायतको सरकारले काटेर गाडेको छ त्यही मुनि । तपाई बसिरहनुभएको त्यही मुनि गाडिएको छ ।भोली तपाईले कार्यक्रम गर्ने ठाउँमापनि थुप्रै साथीहरु गाडिएका छन् । ती सबैले काँग्रेसको चारतारे झण्डा उठाएका थिए । जयनेपाल भनेका थिए आफ्ना लागि होईन आफ्ना परिवारका लागि होईन । टाउको काटियो रेटियो तर तिनले बोलेको त्यो कुरा तपाईको लागि थियो मेरो लागि थियो । डेमोक्रेशीको लागि थियो । आज निलो झण्डा तपाईले फहराउन पाउनुभएको छ एकपटक झण्डा फहराउदै गर्दा भुईमा हेर्नुहोला चितवनको भुईमा हेर्नुहोला त्यहा अलि अलि रातो छ त्यो रातो ती थुप्रै शहिदहरुको रगतले लगाएको रातो हो । त्यसलाई तपाईले बिर्सन पाउनुहुन्न । हामि कसैले बिर्सन पाउन्नौं । न जेन्जी आन्दोलनमा शहादत प्राप्तहरुलाई बिर्सन पाउछौं न नेपालका ती आन्दोलनका बलिदानहरुलाई पाउछौं । डेमोक्रेशीलाई हामीले मन्त्र बनाएर शुसासन दिने हो । अब हामिले डेलिभरी दिने हो । शिक्षामा राम्रो गर्नेहो स्वास्थ्यमा राम्रो गर्ने हो सबैतिर राम्रो गर्ने हो ।
हाम्रो कोही पनि दुश्मन छैन। म फेरी अन्त्यमा दोहोर्याउछु गरीबी हाम्रो दुश्मन हो । अज्ञानता हाम्रो दुश्मन हो । विभेद हाम्रो दुश्मन हो । अक्षमता हाम्रो दुश्मन हो । यी सबैका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीले लड्दै गर्दा नेपाली काँग्रेस पार्टीलाई तपाईले तपाईको साथमा उभिएको पाउनुहुन्छ । जहाँ विधि मिचिन्छ त्यहाँ तपाईले नेपाली काँग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुनेछ ।किनकी तपाईको धर्म तपाईले निर्वाह गर्ने हो हाम्रो धर्म हामीले निर्वाह गर्ने हो । आआफ्नो धर्म हामीले निर्वाह गर्यौं भने मलाई विश्वास छ नेपालको राजनिती लामो समयको आरोहअवरोह पछिएक ठाउँमा आएर थामिएको छ यो संविधानलाई हामी जोगाउँछौं व्यवस्थालाई हामी जोगाउछौं अवस्थालाई फेर्छौं भन्ने कुराको जुन उद्घोष हामीले गरेम कोही हामि दलभित्र लडेम कोही बाहिर लडेम तर हामी सबै मिलेर सफलता प्राप्त गर्छौं भन्ने विश्वास राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली काँग्रेस पार्टीको तर्फबाट ह्दयबाटै ह्दयबाटै फेरी एक पटक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रविजी बालेनजी र सिंगो टिमलाई बधाई प्रकट गर्दै शुभेच्छा दिदै मेरा आफ्ना भनाई टुंग्याउन चाहन्छु धन्यवाद नमस्कार जयनेपाल ।