बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

अमेरिका र इरानबीच सैन्य कारबाही अन्त्य गर्न शान्ति सम्झौतामा सहमतिको घोषणा

तेल बग्न देऊ: अमेरिकी राष्ट्रपति ट्रम्प
सक्रिय न्युज · सोमबार, १ असार, २०८३ मा प्रकाशित
अमेरिका र इरानबीच सैन्य कारबाही अन्त्य गर्न शान्ति सम्झौतामा सहमतिको घोषणा
काठमाडौ, असार १ :

अमेरिका र इरानले जारी युद्ध अन्त्य गर्न शान्ति सम्झौतामा सहमति जनाएको घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएको भन्दै जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः खोल्न र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन अनुमति दिएको बताएका छन्। उनले जहाजहरू चल्न थालून्, तेल बग्न देऊ! भन्दै विश्व ऊर्जा आपूर्ति पुनः सुचारु हुने संकेत दिएका छन्।

सम्झौताका मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री सेहेबाज शरीफका अनुसार दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तुरुन्त र स्थायी रूपमा रोक्न सहमति गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर यसै साता स्वीजरल्याण्डमा हुने अपेक्षा गरिएको छ।

इरानका अधिकारीहरूले पनि सम्झौता अन्तिम रूप दिइएको पुष्टि गरेका छन्। यद्यपि इरानको आणविक कार्यक्रम, प्रतिबन्ध हटाउने विषय तथा युरेनियम भण्डारणजस्ता संवेदनशील मुद्दाहरू अझै पूर्ण रूपमा समाधान भएका छैनन् र आगामी ६० दिनको वार्तामा छलफल हुने बताइएको छ।

सम्झौताको घोषणापछि अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ, किनकि होर्मुज जलमार्ग पुनः खुल्ने अपेक्षाले विश्व बजारमा ऊर्जा आपूर्तिको चिन्ता कम गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार