शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

सरकारका प्रवक्ता भन्छन- आवश्य परे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुहुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
सरकारका प्रवक्ता भन्छन- आवश्य परे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुहुन्छ
काठमाडौं, जेठ २६ :

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यक परेमा प्रधानमन्त्रीले सदनमा गएर जवाफ दिने बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतका धेरै सिमाना मिचेको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले लगातार रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सदन समक्ष माफी माग्नु पर्ने अडान लिएका छन् ।

यस्तै प्रवक्ता पोखरेललले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको बताए । अर्थमन्त्रीले निश्चित व्यापारीलाई पोस्न करको दरमा हेरफेर गरेको आरोप लगाउँदै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसदीय समिति गठन गरेर छाबनिन गर्नुपर्ने सदनमा जोडदार माग गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार