शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड बराबरको क्षति

· बिहीबार, २५ असोज, २०८१ मा प्रकाशित
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड बराबरको क्षति
काठमाण्डौँ , असोज २५ :

यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो । 

क्षति भएका मध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको छ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार