शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

फागुन २१ गतेको निर्वाचनको समीक्षा गरिदै, तत्कालीन प्रधानमन्त्री कार्की उपस्थित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ जेठ, २०८३ मा प्रकाशित
फागुन २१ गतेको निर्वाचनको समीक्षा गरिदै, तत्कालीन प्रधानमन्त्री कार्की उपस्थित
काठमाडौं, जेठ २२ :

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला आयोजना गरेको छ ।

आयोगले बागमतीबाहेकका प्रदेशस्तरमा समीक्षा सम्पन्न गरिसकेपछि केन्द्रीयस्तरमा आज काठमाडौँमा समीक्षा कार्यशाला आयोजना गरेको हो ।

कार्यशालाको तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्चाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा सञ्चारकर्मीको सहमागिता रहेको छ ।

आयोगका सचिव मधुसुदन बुर्लाकोटीले यसअघि केन्द्रीय समीक्षाबाट भएका असल अभ्यास र कमजोरीका मूल्याङ्कनका साथै प्राप्त सुझावका आधारमा आगामी निर्वाचनमा गरिनुपर्ने सुधारको खाका तर्जुमा गरिने बताए । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् अन्तरिम सरकार गठन  र तत्कालीन प्रतिनिधिसभा विघटन भई नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार