शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
खेलकुद क्रिकेट

एसिसी महिला प्रिमियर कप : नेपालद्वारा भुटान ५१ रनले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ जेठ, २०८३ मा प्रकाशित
एसिसी महिला प्रिमियर कप : नेपालद्वारा भुटान ५१ रनले पराजित
काठमाडौं, जेठ २१ :

नेपालले एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । जितसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जितका लागि एक सय १४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । नेपालका लागि सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन् ।  रुबिना क्षेत्रीले २४, सोनी पाख्रीनले १३ र सम्झना खड्काले १० रन बनाइन्।

बलिङमा भुटानकी छिरिङ ज्याङ्बो र सोनामले तीन तीन विकेट लिइन्  रन रेटका आधारमा एक खेल अगावै अघिल्लो चरणमा पुगेको नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ । । १८ देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार