शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति प्रदेश बागमती प्रदेश

सत्ता र पहुँचको प्रयोग गरेर बदला लिन खोज्नु गलत : रवि लामिछाने

‘जनताको शक्तिलाई दम्भमा बदले पतनको सुरुवात हुन्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १४ मिनेट अगाडि प्रकाशित
सत्ता र पहुँचको प्रयोग गरेर बदला लिन खोज्नु गलत : रवि लामिछाने
चितवन, कात्तिक २० :

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले दिएको शक्तिलाई दम्भमा बदल्न थाले राजनीतिक पतनको सुरुवात हुने बताएका छन्। उनले जनताको विश्वासबाट प्राप्त शक्तिलाई अहंकार नभई जिम्मेवारी र सेवामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जनताले आफूहरूलाई ठालु बन्न नभई जनताको सेवा गर्न मत दिएको बताए। ‘आज जनताले हामीलाई ठूलो शक्ति दिएका छन् तर शक्तिसँगै ठूलो जिम्मेवारी पनि आउँछ। यदि हामी जनविश्वासका आधारमा प्राप्त शक्ति दम्भमा बदल्न थाल्यौँ भने त्यो हाम्रो पतनको सुरुवात हुनेछ,’ उनले भने।

एकपटक चुनाव जित्दैमा आफूहरू विशेष व्यक्ति नभएको उल्लेख गर्दै उनले आफूहरू यही माटोका सामान्य नागरिक भएको भुल्न नहुने बताए। लामिछानेले घमण्ड, पदको दुरुपयोग र राजनीतिक दबाबको संस्कृतिबाट टाढा रहनुपर्ने धारणा पनि राखे। विगतमा आफूहरूमाथि अन्याय भएको भन्दैमा अहिले सत्ता र पहुँचको प्रयोग गरेर बदला लिन खोज्नु गलत हुने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार