शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

गलकोट नगर अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा सुरु

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
गलकोट नगर अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा सुरु
असोज २४ :

बागलुङ
बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका- ४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो । 

मङ्गलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आउनु भएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रश्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा पौडेलले जानकारी दिनुभयो ।

शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि अस्पतालले सामान्य प्रसूति सेवा दिने गरेको थियो । बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरि अस्पतालमा मात्रै शल्यक्रिया मार्फत प्रसूति गराइँदै आइएको थियो ।

 “आमा सुरक्षा कार्यक्रमअन्तर्गत परिवार कल्याण महाशाखाले गत भदौ १६ गते नगर अस्पताललाई शल्यक्रिया मार्फत प्रसूति गराउने अनुमति दिएको थियो”, डा पौडेलले भन्नुभयो, अब यो सेवा लिन अन्यत्र जानु पर्दैन ।” 

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवतीलाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताउनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार