शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

संसद् फुटबल खेल्ने ठाउँ होइन, प्रधानमन्त्रीले संसद्को अपमान गरे: ऐन महर

सेनाले आयोजना गरेका कार्यक्रमहरूमा मात्र औपचारिक नेपाली पोसाक लगाएर जान्छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
संसद् फुटबल खेल्ने ठाउँ होइन, प्रधानमन्त्रीले संसद्को अपमान गरे: ऐन महर
काठमाडौं, जेठ १८ :

नेकपा (एमाले) का सांसद ऐन महरले प्रधानमन्त्रीको पोसाक र कार्यशैलीप्रति आपत्ति जनाउँदै यसले संसद्को उपेक्षा र अपमान गरेको बताएका छन् ।

सोमबार संसद्‌मा बोल्दै महरले प्रधानमन्त्री सेनाले आयोजना गरेका कार्यक्रमहरूमा औपचारिक नेपाली पोसाक दौरा-सुरुवाल लगाएर जाने तर गरिमामय संसद्‌मा आउँदा भने फुटबल खेल्ने जस्तो पोसाकमा आउने गरेको भन्दै कडा आपत्ति जनाए।

"संसद् कुनै फुटबल खेल्ने ठाउँ वा आफ्नो फेसन शो गर्ने ठाउँ होइन, यसको आफ्नै मर्यादा र गरिमा छ," महरले भने, "सदनप्रति प्रधानमन्त्रीको यस्तो दृष्टिकोणले संसद्लाई नजरअन्दाज र अपमान गरेको प्रस्ट पार्छ।"

उहाँले प्रधानमन्त्रीको यस्तो व्यवहार र संसद्‌मा दिएका गैरजिम्मेवार अभिव्यक्तिहरू तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्ने माग गरे। साथै, प्रधानमन्त्रीले संसद्को मर्यादा कायम राख्न र देशको सार्वभौमसत्तामाथि पुर्‍याएको चोटका लागि अविलम्ब देशवासीका नाममा माफी माग्नुपर्ने अडान समेत महरले दोहोर्‍याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार