शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा
गोवा, जेठ १७ :

साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि २–० गोलको जित निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रहयो ।

दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको हो । नेपालले समूहचरणको आफनो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भुटानले तीन अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो ।

आजको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक÷एक गोल गरे । रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन ।  खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन् । 

त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार