शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

नागढुङ्गा-नौबिसेको जाम छल्न साना सवारी सीतापाइला- धार्के सडक प्रयोग गर्दै

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
नागढुङ्गा-नौबिसेको जाम छल्न साना सवारी सीतापाइला- धार्के सडक प्रयोग गर्दै
काठमाण्डौँ , असोज २४ :

अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा- नौबिसे सडकको सट्टामा सीतापाइला- धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला- धार्के सडक भएर जाने गरेको पाइएको छ । नागढुङ्गा- नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरूले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिरिँदा नागढुङ्गाको जाम छल्न सीतापाइला- धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन् । 

अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तत्थ्याङ्क नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सय सम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा- नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ । नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौँ तर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकेको छ। 

धार्के- सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला- रामकोट- भीमढुङ्गा- महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताउनुभयो । 

यो सडक सीतापाइला- रामकोट- भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ, यसको स्तरोन्नति सहित चाँडै कालोपत्र गर्न सके नागढुङ्गा- नौबिसे सडकको जाम कम हुने उहाँको भनाइ छ ।

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कुवेत सरकारले तयार पारेको थियो । झन्डै १५ करोड खर्चिएर डिपिआर तयार गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार