शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

एमालेको सचिवालय बैठक आज पनि बस्दै, चार सचिवले बोलेपछि ओलीले जवाफ दिने

सक्रिय न्युज · आइतबार, १० जेठ, २०८३ मा प्रकाशित
एमालेको सचिवालय बैठक आज पनि बस्दै, चार सचिवले बोलेपछि ओलीले जवाफ दिने
भक्तपुर, जेठ १० :

शुक्रबारदेखि जारी नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठक अध्यक्ष ओलीकै निबासमा बिहान ११ बजेबाट सुरु हुदैछ ।

नेतृत्वको वरीयता र कार्य विभाजन बैठकको मूल एजेन्डा भए पनि पदाधिकारीहरूले फरक बिषयमा आफ्ना धारणा राखेका छन् । बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका रहेको छ । 

पहिलो दिनको बैठकमा पाँच उपाध्यक्षमध्ये राम बहादुर थापा बादलले मात्रै ओलीको नेतृत्वलाई थप परिष्कृत बनाएर लैजानु पर्ने बताएका थिए । अन्य बाँकी चार जना उपाध्यक्षले भने पार्टी संकटमा परेको अवस्थाको जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्न भनेका थिए ।

पहिलो दिनको बैठकमा चार उपाध्यक्षले नेतृत्वबाट बिदा लिन गरेको आग्रहपछि अध्यक्ष ओलीप्रति असन्तुष्टि बढेको देखिएको थियो ।हिजोको बैठकमा पनि महासचिव शंकर पोखरेलले समेत मार्ग प्रशस्तकै पक्षमा बोलेका थिए ।

आजको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खग राज अधिकारीले बोल्ने तालिका पनि छ ।  आज बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने र सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने बताइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार