शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

सक्रिय न्युज · शनिबार, ९ जेठ, २०८३ मा प्रकाशित
तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो
ताप्लेजुङ, जेठ ९ :

तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।

शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो ।

करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म करिब ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको थियो । एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बाढीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए ।

गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर आज स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा रु २२ करोड पाँच लाख ७७ हजार ८९० लागतमा पुल निर्माणको सम्झौता गरेर काम गरिरहेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार