काठमाडौं, जेठ ७ :

नेकपा एमालेले  व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालयका दानमा दिएको जग्गा नलिने भएको छ ।   जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ ।

सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ । दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए ।

व्यावसायी गुरुङले जग्गा दान दिएर भवन पनि बनाउने भन्ने निर्णयले एमालेमा  विवाद उत्पन्न भएको थियो । भने एमालेलाई पार्टी कार्यालय बनाइदिने गुरुङको चाहनाकै कारण जेनजी आन्दोलनमा अधिकांश भाटभटेनीमा आगजनी गरिएको थियो ।