शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

‘सरकारले दिने भनेको राहतले एउटा सुकुम्वासी परिवारलाई पनि बाच्न पुग्दैन’

भूमिहीन सुकुम्वासीलाई होल्डिङ सेन्टर सकस
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ जेठ, २०८३ मा प्रकाशित
‘सरकारले दिने भनेको राहतले एउटा सुकुम्वासी परिवारलाई पनि बाच्न पुग्दैन’
काठमाडौै, जेठ ६ :

नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था नगरी भूमिहीन सुकुम्वासीको घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले भूमिहीन सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्नेमा भरपर्दो बसोबासको व्यवस्था नगरी घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए । उनले भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरी प्रतिमहिना १५ हजार दिने निर्णय समेत व्यवहारिक नभएको धारणा राखे। सरकारको राहतले काठमाडौंमा एउटा परिवार बाच्न नसक्ने भन्दै उहाले सरकारले सुकुम्वासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरेको तर्क गरे ।

भूमिहीन सुकुम्वासी होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले बस्नुपरेको उल्लेख गर्दै सांसद बरालले  स्थायी प्रबन्धका लागि तत्काल सरकारले नयाँ व्यवस्था गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार