शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा प्लेकार्डसहित विरोध ,सभामुखको आपत्ति

सक्रिय न्युज · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा प्लेकार्डसहित विरोध  ,सभामुखको आपत्ति
काठमाडौं, जेठ ४ :

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन् । सो पार्टीका सांसदहरुले प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन्।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् ।

केहीबेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किएका थिए । सांसदहरु पर्चा छातीमा टाँसेर बसेका छन् ।

सभामुख अर्यालले संसदमा यसरी पर्चा देखाउने अभ्यास नरहेको भन्दै यो मर्यादित नहुने भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न उनले चेतावनी समेत दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार