शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

अवतरण गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबी : टर्किस एयरलाइन्स

सक्रिय न्युज · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
अवतरण गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबी : टर्किस एयरलाइन्स
काठमाडौं, वैशाख २८ :

इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानको अवतरण गियर (ल्यान्डिङ गियर)मा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको जनाएको छ।

टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराउदै इस्तानबुल काठमाडौँ उडान भरेको टीके  ७२६ नम्बरको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रूपमा अवतरण भएको थियो। 
तर अवतरणपछि धावनमार्गबाट ट्याक्सी वेतर्फ जाने क्रममा जहाजको अवतरण गियरमा अचानक धुवाँ देखिएको उनको भनाइ छ ।

धुवाँ देखिए लगत्तै एयर ट्राफिक कन्ट्रोलको निर्देशन र सुरक्षा सावधानीलाई ध्यानमा राख्दै विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको तत्काल उद्धार गरिएको थियो।

उस्तुनले घटनामा सबै यात्री तथा चालक दलका सदस्य सकुशल रहेको बताईएको छ । सो जहाजबाट इस्तानबुल फर्कनुपर्ने यात्रुहरूका लागि एयरलाइन्सले अर्को थप उडानको व्यवस्था गरेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार