शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
खेलकुद क्रिकेट

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ वैशाख, २०८३ मा प्रकाशित
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
काठमाडौं, वैशाख २५ :

एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्‍यो ।

नेपालको जितमा मयान यादव नायक बने । उनले ८० बलमा ७२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए । उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थियो । त्यसअघि नेपालका ओपनर त्रितराज दासले २३ रन बनाउँदा कप्तान अनिल साहले २७ रनको योगदान दिए । देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोराले मध्यम क्रम सम्हाल्दै ३६ रन जोडे । कुशल मल्लले ३३ रन बनाए ।

खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा अविजित २४ रन बनाउने क्रममा एक चौका र दुई छक्का प्रहार गरे । दीपक डुम्रे दुई रनमा अविजित रहँदा नेपालले ४९ दशमलव एक ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अमेरिकाका लागि मिलिन्द कुमारले सर्वाधिक दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह तथा सञ्जय कृष्णमुर्थीले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योफल बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै १०७ बलमा १० चौका र पाँच छक्कासहित ११६ रन बनाए ।

त्यस्तै ओपनर शायन जहाँगिर नौ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेलले २० रन जोडे । सैतेजा मुक्कामल्लाले १० तथा मिलिन्द कुमारले सात रन बनाए । त्यसपछि शुभम रञ्जानेले १६, सञ्जय कृष्णमुर्थीले १५ तथा शेहान जयसूरियाले सात रनको योगदान दिए ।

अन्तिमतिर हरमित सिंह २५ र जसदीप सिंह ३३ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याए । नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक/एक विकेट लिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार