शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मानवतामा एकता नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

सक्रिय न्युज · शुक्रबार, २५ वैशाख, २०८३ मा प्रकाशित
मानवतामा एकता नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
काठमाडौं, वैशाख २५ :

मानवतामा एकताबद्ध भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ  मनाइँदैछ ।

यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति,आशा,सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ ।

साथै, मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाको स्मरणका साथ  निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकतामा रहेका सबैसम्म पुगोस् भन्ने आह्वानसमेत गरिएको छ ।

प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो ।  सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।

मे ८ लाई अन्तरराष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएको अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ ।

रेडक्रस तथा रेड क्रिसेन्टले विपद्, युद्ध, महामारी तथा मानवीय सङ्कटका समयमा लाखौँ स्वयंसेवकले सेवा प्रदान गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार