शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

सक्रिय न्युज · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
काठमाडौं, वैशाख २४ :

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो ।

पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेर राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

पत्रकारिता दिवस तथा १२६ औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र दैनिकले आज विशेष अङ्क प्रकाशन गरेको छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जन ः ’ को आदर्श वाक्यका साथ गोरखापत्र दैनिक निरन्तर प्रकाशन हुँदै आएको छ ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनासहितले शुभकामना सन्देश  दिनुभएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार