शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

सक्रिय न्युज · बिहीबार, १७ वैशाख, २०८३ मा प्रकाशित
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
काठमाडौ, वैशाख १७ :

हाल देशमा पश्चिमी  तथा स्थानीय वायुको प्रभावसँगै  पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।

तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश  स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेश प्रदेशका साथै  हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही र अन्य भेगका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार