शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बर्षाले बीपी राजमार्ग पुन: अवरुद्ध, काठमाडौंबाट पुर्व गएका सवारी साधनहरु धुलिखेलमा रोकिए

सक्रिय न्युज · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
बर्षाले बीपी राजमार्ग पुन: अवरुद्ध, काठमाडौंबाट पुर्व गएका सवारी साधनहरु धुलिखेलमा रोकिए
काभ्रे, वैशाख १६ :

वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानका सडकमा अवरोध उत्पन्न हुँदा सडक पूर्ण रूपमा बन्द गरिएको छ।

हिजो बेलुका भएको बर्षाले सडक अवरोध हुँदा काठमाडौंबाट पुर्व तर्फ गएका सबै  सवारी साधनहरू धुलिखेल क्षेत्रमा रोकिएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अत्यन्त जरुरी सूचना जारी गर्दै मौसममा सुधार आएर सडकमार्गमा रहेका अवरोध हटेपछि मात्र सडक सुचारु गरिने जनाएको छ।

अवस्था सामान्य भएपछि अर्को सूचना जारी गरी यातायात सञ्चालनको जानकारी दिइने प्रहरीको भनाइ छ। अहिले सबै गाडीहरु धुलिखेलमा रोकिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार