शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

पहुँचका भरमा प्रयोग गर्दै आएका ६२२ सरकारी गाडी फिर्ता

कानुनले तोकेका पदाधिकारीबाहेक अरूले सरकारी सवारी साधनको एकल प्रयोग गर्न नपाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ वैशाख, २०८३ मा प्रकाशित
पहुँचका भरमा प्रयोग गर्दै आएका ६२२ सरकारी गाडी फिर्ता
काठमाडौं, वैशाख १५ :

सरकारले पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेकाहरुबाट गाडी फिर्ता गर्न थालेको छ। 

जसअनुसार मंगलबारसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अबदेखि कानुनले तोकेका पदाधिकारीबाहेक अरूले सरकारी सवारी साधनको एकल प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।  

राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत चारपाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको छ ।

 राज्यको स्रोत र साधनको दुरुपयोग रोक्न तथा प्रशासनिक बेथिति अन्त्य गर्न उक्त कदम चालिएको हो। सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार