
काठमाडौं, वैशाख १३ :
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
बैठकमा सहभागी हुन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ । यस्तै, कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक पनि भोलि दिउँसो २:०० बजे बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहमति नजुट्दा संसदीय दलको नेता चयन गर्न सकेको छैन । मुख्य गरी तीनजना आकांक्षी देखिए पनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नै सहमति नहुँदा दलको नेता छान्न विलम्व हुँदै आएको छ ।