शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो

सक्रिय न्युज · शनिबार, १२ वैशाख, २०८३ मा प्रकाशित
गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
काठमाडौं, वैशाख १२ :

काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।

उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो ।

आज दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “गैरीगाउँमा भएका बस्ती हटाएर अब टोली सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउन खटिएको छ ।” हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार गैरी गाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार