शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
राजनीति

बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न रास्वपाको ध्यानाकर्षण

जबरजस्ती रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ वैशाख, २०८३ मा प्रकाशित
बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न रास्वपाको ध्यानाकर्षण
काठमाडौं, वैशाख ११ :

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराइएको छ । मोर्चाको नेतृत्वमा शुक्रबार काठमाडौंको वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा पुगेर बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न माग गरिएको हो ।

उनीहरुले पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएको जनाएका छन् । सो क्रममा मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र यस विषयमा सरकारसंग कुरा भइरहेको जवाफ प्राप्त भएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए । आफूहरु सकारात्मक सन्देश आउने विश्वासमा रहेपनि सहजताका साथ एकताबद्ध भएर बस्न उनले आग्रह गरे ।

मोर्चाले सरकार एकतर्फी ढंगले जबरजस्ती रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । मोर्चाले जबरजस्ती उठिबासको सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल सुरु गरी लगत प्रमाणीकरण र व्यवस्थापनको कार्य अगाडी बढाउनुपर्ने, भूमि र आवासको अधिकारको सुनिश्चित गर्नुपर्ने लगाएतका माग राखेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार