शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

खाद्यले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुला गर्ने

· आइतबार, २१ असोज, २०८१ मा प्रकाशित
खाद्यले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुला गर्ने
काठमाण्डौं, असोज २१ :

आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरेको छ ।निर्धारण गरिएको ६७० रुपियाँ मुल्यमा १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको बताईएको छ ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरिएको छ । यस मुल्यमा पनि  १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याईसकेको र अरू ल्याउने क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष कम्पनीले चाडपर्वको समयमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्ने उद्धेश्यले खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्ने गदर्छ ।

दसैँको समयमा विभिन्न जिल्लाका व्यवसायीहरुले खसीबोका उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।   
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार