शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विवाहमा विवाद हुँदा एक युवकको मृत्यु

सक्रिय न्युज · मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
विवाहमा विवाद हुँदा एक युवकको मृत्यु
कन्चनपुर, वैशाख ८ :

कञ्चनपुर  पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय युवकको हत्या भएको छ ।

गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सायरमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरीको भनाई छ ।

गए राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।

घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको  छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थप अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार