बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

यूएईसँगको खेलमा नेपाल पराजित

अब मंगलबार नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ ।
सक्रिय न्युज · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
यूएईसँगको खेलमा नेपाल पराजित
काठमाडौं, वैशाख ७ :

 संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ  ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल  यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । कुशल मल्लले १७ रन, कुशल भुर्तेलले १६ रन तथा बासिर अहमदले १४ रनको योगदान दिए । अन्त्यतिर नन्दन यादवले २ छक्कासहित १३ रन जोड्दै स्कोर उकासेका थिए ।

यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे ।

नेपालको इनिङ्सपछि वर्षा सुरु भई खेल रोकिएको थियो । यससँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ ।

अब भोलि नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार