आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जाने देउवा पक्षको निष्कर्ष

सक्रिय न्युज · आइतबार, ६ वैशाख, २०८३ मा प्रकाशित
पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जाने देउवा पक्षको निष्कर्ष
काठमाडौं, वैशाख ६ :

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा नेतृत्वले नै सवैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफुहरुको मत रहेको बैठकमा सहभागी नेताहरुले बताए ।

विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुले निरन्तर छलफल गर्ने र  पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने पनि बताईएको छ ।

बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारण लगायतका बिषयमा समेत बैठकमा छलफल भएको थियो ।

हिजो पनि सो समुहको बैठक बसेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार