शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

पुर्णबहादुर खड्काले चौधौँ महाधिवेशनबाट चुनिएका आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक बोलाए

सक्रिय न्युज · आइतबार, ६ वैशाख, २०८३ मा प्रकाशित
पुर्णबहादुर खड्काले चौधौँ महाधिवेशनबाट चुनिएका आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक बोलाए
काठमाडौं, वैशाख ६ :

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चौधौँ महाधिवेशनबाट चुनिएका आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्ने बताईएको छ ।

पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै खड्का समूह छलफलमा जुटेको हो ।

आज बस्ने बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले हिजो आफ्नै निवासमा आफू निकटका नेताहरु बोलाएर छलफल गरेका थिए । सो बैठकले अदालतको निर्णयलाई स्वीकार गर्ने निर्णय गरेको थियो।

खड्काले नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

सो छलफलपछि देउवा निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार