शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने डा. गोविन्द केसीको चेतावनी

बालेन सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको उल्लंघन गर्‍यो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ चैत, २०८२ मा प्रकाशित
निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने डा. गोविन्द केसीको चेतावनी
काठमाडौं, चैत २९ :

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ऐनविपरीत जेन-जी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । 

आइतबार विज्ञप्ति जारी गर्दै उनले उक्त निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।  सरकारले जेन-जी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेको थियो । सरकारले मेरिटको आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना पाउने कानुनी व्यवस्था उल्लंघन गरेको डा केसीको आरोप छ।

उनले सरकारले कानुन पढेको कि पेलेरै जान खोजेको हो? भनेर प्रश्नसमेत गरेका छन् । शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार