शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

नयाँ वर्षदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
नयाँ वर्षदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध
काठमाडौं, चैत २६ :

असनको मौलिकतालाई जोगाउन भन्दै नयाँ वर्षदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधनलाई प्रवेश निषेध गरिने भएको छ । काठमाडौं  महानगरपालिकाले वैशाख ५ देखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने  निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले  यस्तो निर्णय गरेको हो ।

आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने कार्यवाहक प्रमुख डंगोलको भनाइ थियो । असनमा सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने सरसामान खरिद गर्न पाइन्छ ।

‘भेहिकल  फ्री असन’ कार्यक्रमअन्तर्गत कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक सवारी साधन प्रवेशमा रोक लगाइनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार