शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

ओलीको पित्तेथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
ओलीको पित्तेथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी
काठमाडौं, चैत २६ :

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार पित्तेथैलीको शल्यक्रिया गर्ने तयारी गरिएको छ ।शल्यक्रियानका लागि अस्पतालका विभिन्न विभागहरूले ओलीको स्वास्थ्य ‘अब्जरभेसन’ गरिरहेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । 

१३ दिनपछि बिहीबार हिरासत मुक्त भएका ओलीलाई केहीदिन अस्पतालमै राखिने छ । पक्राउ परेको दिनदेखि नै  अस्वस्थ भएका कारण अस्पताल भर्ना भएका ओलीलाई प्रहरीले उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो ।

बुवाको काजक्रिया गरिरहेका ओलीको स्वास्थ्य कमजोर बनेको थियो । ओलीको गिरफ्तारीपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगेको थियो । उनको मुटुको धड्कनमा समस्या देखिएको थियो । त्यसपछि उनलाई शिक्षण अस्पतालको एनेक्स– १’ को बेड नम्बर ५०१ भर्ना गरिएको थियो । लामो समयअगाडि किड्नी फेरेका ओलीलाई पिसाब लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार