शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

सभामुख अर्यालले भने- संख्याका आधारमा दल र सांसदलाई भेदभाव गर्दिन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
सभामुख अर्यालले भने- संख्याका आधारमा दल र सांसदलाई भेदभाव गर्दिन
काठमाडौं, चैत २३ :

सभामुख डोलप्रसाद अर्यालले संख्याका आधारमा कुनै दल वा सांसदप्रति भेदभाव नगर्ने प्रतिबद्धता जनाएका छन्।  सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्यालले निष्पक्ष र स्वतन्त्र भएर पदीय गरिमा राखेर काम गर्ने जनाएका हुन्।

‘सबै सदस्यहरु मेरा लागि बराबर हुनुहुन्छ । यस गरिमामय सभाबाट प्राप्त सबैको सुझावलाई तटस्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ, अर्यालले भने, ‘सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरुको ओज बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। संख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने पनि छैन।’

जेष्ठ सदस्यको हैसियतमा सदनको जिम्मेवारी वहन गरेक अर्जुननरसिंह केसीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सभामुख अर्यालले संसद सञ्चालनमा सांसदहरुबाट क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार