शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

मध्यपूर्वमा रहेका नेपालीको उद्धारमा विशेष उडान सुरु

तीन दिने विशेष उडान [तालिकासहित]
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० चैत, २०८२ मा प्रकाशित
मध्यपूर्वमा रहेका नेपालीको उद्धारमा विशेष उडान सुरु
काठमाडौं, चैत २० :

सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सुरु गरेको छ। 

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वबाट स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार शुक्रबार काठमाडौँ–दुबई र शनिबार दुबई–काठमाडौँ उडान हुने छ । त्यस्तै, आइतबार काठमाडौँ–दमाम र सोही दिन दमाम–काठमाडौँ उडान हुने तय भएको छ ।

प्रवक्ता क्षेत्रीले प्रि–बुकिङ भएका तथा नेपाल फर्कन चाहने नागरिकलाई यी उडानमार्फत ल्याइने बताए । यसका साथै सम्बन्धित देशका नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन अनुरोध गरिएको पनि उनले जानकारी दिए ।

यसअघि अप्रिल १ मा कुवेत एयरवेजमार्फत २९१ जना नेपालीलाई स्वदेश ल्याइसकिएको छ । विभिन्न कारणले ज्यान गुमाएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको पनि मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार