आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सक्रिय न्युज · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौ, चैत १९ :

जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले आज व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

सम्पत्ति शुद्धिकरण अनुसन्धानमा अध्यागमन विभागले यही चैत १७ गते व्यवसायी भट्टलाई  कालोसूचीमा राखेको थियो ।

सम्पत्ति  शुद्धिकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर व्यापारी भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । सोही प्रकरणमा व्यापारी भट्टलाई प्रहरीले आजै  पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार