शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

राप्रपा नेता लोहनीले दिए राजीनामा

नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूलाई पनि तत्काल मार्ग प्रशस्त गर्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ चैत, २०८२ मा प्रकाशित
राप्रपा नेता लोहनीले दिए राजीनामा
काठमाडौं, चैत ८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। 

प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै लोहनीले पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि प्राप्त हुने पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

यसअघि राप्रपाका अर्का नेता रवीन्द्र मिश्रले पनि पदबाट राजीनामा दिएका थिए। पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असन्तुष्टि र नेतृत्व तहमा भइरहेका परिवर्तनका बीच लोहनीको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार