शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

काठमाडौंमा दिउँसै अन्धकार, असिनासँगै मुसलधारे वर्षा

सवारीसाधन सञ्चालन र पैदल यात्रुलाई कठिनाइ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
काठमाडौंमा दिउँसै अन्धकार, असिनासँगै मुसलधारे वर्षा
काठमाडौं, चैत ६ :

पश्चिम नेपालका विभिन्न जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको हावाहुरीसहितको वर्षा अहिले काठमाडौं उपत्यकामा प्रवेश गरेको छ। उपत्यकाका विभिन्न स्थानमा असिनासहित मुसलधारे वर्षा भइरहेको छ ।

वर्षासँगै आएको बाक्लो बादलका कारण दिउँसै अन्धकार जस्तो अवस्था सिर्जना भएको छ। अचानक मौसम परिवर्तन भई उज्यालो घटेपछि सवारीसाधन सञ्चालन, पैदल यात्रु तथा दैनिक गतिविधिमा समेत कठिनाइ उत्पन्न भएको देखिएको छ।

यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि हावाहुरीसहित वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने मौसमी प्रणाली क्रमशः उत्तर–पूर्वतर्फ सर्दै गएको छ।

महाशाखाले देशका विभिन्न स्थानमा अझै पनि वर्षा, असिना र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार