
कैलालीस्थित शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीमाथि हातपात गरेका छन् ।
टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरीको सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएको विषयलाई लिएर स्थानीय युवा र केही ब्यापारी गुल्मभित्रै छिरेर सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरेका हुन् ।
त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । डीएसपी पौडेलमाथि हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।
यसैबीच घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेपछि विवाद सुरु भएको थियो । सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ । पौडेलबाहेक बीओपीमा कार्यरत ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तानेर नयाँ टिम पठाउन निर्देशन दिइएको छ ।