शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

‘ए’ डिभिजन लिग चैत ३० गतेदेखि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
‘ए’ डिभिजन लिग चैत ३० गतेदेखि
फागुन २६ :

अखिल नेपाल फुटबल संघ(एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ । मंगलबार एन्फाले नेपाल खेलाडी संघसंग सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने गरी सहमति गरेको हो ।

चैत ३० गते उद्घाटन गरि केही समय लिग स्थगित गर्ने र त्यसपछि तालिका तयार गरेर अन्य खेल भने वैशाख २० बाट निरन्तर गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्यस्तै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको प्रवक्ता शाहले बताए ।

त्यस्तै खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपाली फुटबललाई चलायमान बनाउन आफूहरुको दवाव भएको भन्दै अहिले भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे । अब दुवै पक्षले गम्भीर भएर नेपाली फुटबल खेलाडीहरु अघि बढ्ने उनले बताए ।

एन्फा र संघबीच सहमति भएपछि एन्फा मुख्यालयमा गरिएको तालाबन्दी खोलिएको छ । वार्तामा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार